साउन १९
दिगाम आदर्श बहुमुखी क्याम्पस छत्रकोट गाउँपालिका गुल्मीमामा स्नातक अध्यन गर्ने बिध्यार्थीले पहिलो बर्ष पूर्ण छात्रबृत्ति पाउने भएका छन ।
स्थानिय बिध्यार्थीलाई यही उपलब्ध बिषयहरु चार बर्षे शिक्षा साास्त्र संकाय र ब्यवस्थापन शास्त्रका बिभिन्न बिषय स्थानियस्तरमै अध्यनकोलागि प्रेरित गर्न यस्तो ब्यवस्था मिलाईएको र गत बर्ष पनि २३ जना बिध्यार्थीले यो सुबिधा लिएको क्यम्पस प्रमुख गोबिन्द प्रसाद शर्माले बताउनु भयो ।
२०६५ सालमा स्थापना भएको दिगाम आदर्श बहुमुखी क्याम्पस छत्रकोट गाउँपालिका गुल्मीमा संचालित एक मात्र क्याम्पस हो । दिगाम आदर्श बहुमुखी क्याम्पसमा स्नातक अध्यन गर्न आदर्श माध्यमिक बिद्यालयमा बिहानी समयमा कक्षा संचालनको ब्यवस्था मिलाईएको छ । क्याम्पस संचालन र ब्यवस्थापनको लागि स्थानिय तह स्थापना पछि छत्रकोट गाउँपालिकाले सहयोग गर्दै आएको छ ।