साउन २३
श्रृङ्गीश्वर बहुमुखी क्याम्पस रुरुक्षेत्र गाउँपालिका रानिबास गुल्मीले स्नातक प्रथम बर्ष अध्यन गर्ने बिध्यार्थीलाई छात्रबृत्ति दिने भएको छ ।
गाउँपालिकाको छोरीबुहारी शिक्षा कार्यक्रम अन्तर्गत आर्थिक अभाब र बिवाह पछि अध्यनमा समस्या नहोस भनेर छात्राहरुलाई अध्यनकोलागि छात्रबृत्ति दिईएको हो ।
यस्तै छात्रहरुलाई लक्षित गरि उच्च शिक्षा पछिको समय सिप युक्त र सजिलै उद्देश्य अनुसारको क्षेत्रमा जानको लागि शिक्षक सेवा आयोग, लोकसेवा आयोग र कम्प्युटरका थप कक्षा संचालनको तयारी गरिएको क्याम्पस प्रमुख राम प्रसाद श्रेष्ठले बताउनु भयो । बिहानमा नियमित कक्षा संचालन हुने र दिउसोको समयमा तयारी कक्षा संचालन गर्ने तयारी रहेको पनि क्याम्पस प्रमुख श्रेष्ठले बताउनु भयो ।
२०५७ सालमा स्थापित यस क्याम्पसमा मानबिकी, ब्यवस्थापन र शिक्षा सास्त्र संकायका बिभिन्न बिषयको अध्यापन हुदै आएको छ । गत बर्ष गाउँपालिकाको नयाँ नीति अनुसार छोरीबुहारी शिक्षा कार्यक्रम अन्तर्गत १५ जना छात्राले छात्रबृत्ति लिएका थिए । यस बर्ष यसको निरन्तरता संगै शिक्षक सेवा आयोग, लोक सेवा आयोग र कम्प्युटरका थप कक्षा संचालनको तयारी गरिएको छ ।