भदौ ८
गत मङ्गलवारदेखि निरन्तर भएको बर्षा आजदेर्खि कम हुने भएको छ । गएरातिदेखि नै देशका केही ठाउँमा सामान्य वर्षा मात्रै भएको र आज पनि बर्षाको सम्भावना नरहेको मौसम पूर्वानुमान् महाशाखले जनाएको छ ।
मनसुन सक्रिय रहेको बेलामा बदली र वर्षाको सम्भावना रहे पनि झरी पर्ने सम्भावना कम भएको हो । आज दिउँसो पनि लुम्बिनी, बाग्मती र कोशी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ तर झरी पर्ने सम्भावना कम छ।
रातिदेखि भने देशका धेरैजसो ठाउँमा मौसम खुल्नेछ । भोलिदेखि दिउँसो घाम लाग्ने सम्भावना छ । पूर्वतर्फ अझै पनि मनसुनी न्यून चापीय रेखा सरदर भन्दा थोरै नेपालतर्फ नै रहेकोले केही ठाउँमा बदली र वर्षाको सम्भावना रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।