भदौ २४
छत्रकोट गाउँपालिका गुल्मीको हर्दिनेटा स्वास्थ्य चौकीको नयाँ भवनको उद्घाटन गरिएको छ । स्वास्थ्य चौकी भवन नेकपा एमालेका उप महासचिब तथा पूर्व मन्त्री प्रदिप ज्ञवालीले आज एक समारोहका बिच उद्घाटन गर्नु भएको हो ।
संघिय सरकारको बिशेष अनुदान अन्तर्गत बहुवर्षिय योजनाबाट निर्मित उक्त भवन रेसुगां दर्शन कन्ट्रक्सन एण्ड सप्लायर्स प्रा.लिले गत असारमा निर्माण सम्पन्न गरेर गाउँपालिका लाई बुझाएको थियो । १८ महिनामा निर्माण सम्पन्न गर्नेगरी १ करोड ७१ लाख रुपैयाँमा सम्झोैता गरेर निर्माण सुरुगरेको निर्माण कम्पनीले समयमा नै काम सम्पन गरेको थियो ।
छत्रकोट गाउँपालिका संस्थापक अध्यक्ष मधुकृष्ण पन्तले वडा नं. ३ हर्दिनेटामा २०७८ साल जेठमा नयाँ स्वास्थ्य चौकी भवन निर्माणको प्रक्रिया सुरु गर्नु भएको थियो । प्रक्रिया सुरु भए पछि स्वास्थ्य चौकी भवन निर्माणको लागि आवस्यक जग्गा तत्कालिन तथा बर्तमानका पनि वडा अध्यक्ष तेजकान्त अर्यालले २०७८ साल जेठमा निशुल्क साढे ३ रोपनी जग्गा उपलब्ध गराउनु भएको थियो ।
सोही समयमा हर्दिनेटा स्वास्थ्य चौकीको नयाँ भवन बनाउनको निम्ति जग्गा सम्माउने,संघिय सरकार संग बजेट माग गर्ने लगायतका कामहरु भएका थिए । २०७९ मंसिर १५ गते बर्तमा गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डेयले भवनको सिलन्यास गर्नु भएको थियो ।