पाल्पाको तिनाउ गाउँपालिका क्षेत्र भित्रका सहकारीका अध्यक्ष र व्यवस्थापकका लागि सहकारी शिक्षा, ऐन, नियम र विनियम सम्वन्धी तीन दिने तालीम सम्पन्न भएको छ ।
तिनाउ गाउपालिका सहकारी समन्वय समितिको आयोजना र तिनाउ गाउपालिकाको आर्थिक सहयोगमा सञ्चालित तालीममा गाउपालिका क्षेत्र भित्रका २० सहकारीका अध्यक्ष र व्यवस्थापकका लागि स्थानीय सहकारी ऐन, नियम र विनियम सम्वन्धि सहजीकरण गरिएको हो ।
स्थानीय सरकारको सहकारी ऐन नियम तथा विनियम, सहकारीको सिद्धान्त, मुल्य मान्यता, निति नियम, कार्यविधि तथा प्रविधि लगायतका विषयमा छलफल केन्द्रीत भएको सहकारी समन्वय समितिका सचिव गोपाल जीसीले बताउनुभयो ।
तालीम समापनका अवसरमा गाउपालिका अध्यक्ष ओम बहादुर घर्तीले गाउँमा छरिएर रहेको पुँजीलाई एकृकीत गरी ग्रामीण अर्थतन्त्रलाई सुदृढ गर्न आवश्यक रहेको बताउनुभयो । सहकारीले कृषि, उद्योग र पर्यटन क्षेत्रमा लगानी गरेर रोजगारी सिर्जना सफल हुनुपर्ने उहाँले बताउनुभयो । प्रशिक्षक जिल्ला सहकारी संघका सचिव भूपति पाण्डेयले सहकारीको सिद्धान्त, मुल्यमान्यता, नितिनियम, कार्यविधि तथा प्रविधिमय बनेर सदस्यहरुलाई सेवाप्रवाह गर्नुपर्नेमाजोड दिनुभयो ।
जिल्ला सहकारी संघका अध्यक्ष धुर्व अधिकारी, गाउपालिका उपाध्यक्ष दयन्ती थापा तिनाउ गाउपालिका २ का वडाध्यक्ष राजेश श्रेष्ठ, कार्यापालिका सदस्य मनिसरा लम्तरी,सहकारी समन्वय समितिका अध्यक्ष टिकाराम भण्डारी सहभागी दुर्गा भण्डारी , दुर्गा खाँड सहकारी समन्वय समितिका अध्यक्ष टिकाराम भण्डारी लगायतले सहकारीहरु संस्थागत विकास हुन आवश्यक रहेको बताउनुभएको थियो ।