नेकपा एमाले छत्रकोट गाउँपालिका ५ खर्ज्याङ्ग गुल्मीले किरिया खर्च दियो
बैशाख २
नेकपा एमाले छत्रकोट गाउँपालिका ५ खर्ज्याङ्ग गुल्मीले स्थानिय एक परिवारलाई किरिया खर्च दिएको छ ।
छत्रकोट गाउँपालिका ५ मैनडाँडा सानो पिपल खर्ज्याङ्ग निवासी स्वर्गिय सीता नेपालीको काज किरिया खर्चको लागि हिजो परिवारलाई नगद सहयोग गरेको हो । १२ औं दिनको पुण्य तिथीको अवसमा सोक प्रकट गर्दै परिवारलाई नगद सहयोग गरिएको नेकपा एमाले जिल्ला कमिटी सदस्य एवं खर्ज्याङ्ग सह ईन्चार्ज डिलाराम न्यौपानेले बताउनु भयो ।
परिवारले काज किरिया खर्चको समेत अभाब रहेको बताएकोले सहयोग गरिएको हो ।
बिभिन्न स्वास्थ्य समस्याको उपचार गराई रहेकी स्थानिय सीता नेपालीको ५६ बर्षको उमेरमा गत चैत २१ गते निधन भएको थियो ।