गुल्मी महोत्सवको मिति नजिकनि थालेसँगै महोत्सव लक्षित गतिबिधी वढ्न थालेका छन् । महोत्सवमा गुल्मी जिल्लामा बिभिन्न जाती बिशेष रहेका खाना परिकारहरु खाना पाइने भएको छ ।
११ दिनसम्म सदरमुकाम तम्घासमा चल्ने महोत्सवमा स्थानिय उत्पादनमा ढिडो र सिस्नुको परिकार खाना पाइने भएको स्टल संयोजक प्रकाश बुढाथोकीले बताउनुभयो । पछिल्लो समय यता ढिडो र सिस्नुको परिकार खानाको निम्ति भनेको समयमा खाना नपाइने अबस्थामा पुगेकाले त्यसलाई महोत्सवमा रहेका स्थानिय होटलहरुमा राखिने भएको छ ।
मेलामा जिल्लाका बिभिन्न जातजातिले खाने खानाका परिकारहरु तथा स्थानिय उत्पादनका खानाका परिकारहरु पनि प्रर्दशन हुने भएको छ । गुल्मीमा सञ्चालन प्रथम सांस्कृतिक तथा पर्यटयन महोत्सब एवं ब्यापार मेलाको तयारीलाई तिब्र पारिएको छ ।
जिल्लामा रहेको गुल्मी चेम्बर अफ कर्मसले यहि चैत २० गते देखी ३० गते सम्म महोत्सव सञ्चालन गर्दैछ ।