राहत शिक्षक तथा बालविकास शिक्षक र प्रहरीबीच आज पनि काठमाण्डौको नयाँ बानेश्वरमा झडप भएको छ ।
पेशागत स्थायीत्वको माग राखेर आन्दोलनमा उत्रिएका शिक्षकले बानेश्वरमा निषेधित क्षेत्र तोड्न खोजेपछी प्रहरीले पानीको फोहोरा र अश्रुग्यास हानेर हानेर तितरबितर पारेको हो । हिजोपनि निषेधित क्षेत्र तोड्न खोजेपछी प्रहरीले पानीको फोहोरा र अश्रुग्यास हानेर हानेर तितरबितर पारेको थियो ।
अश्रुग्यास,फोहोरा र प्रहरीको लाठी लागेर केही शिक्षक सामान्य घाइते भएका छन् । यसैबिच नेपाल राहत शिक्षक संघले भोलीदेखि सामुदायिक बिद्यालयमा शैक्षिक हडतालको आब्हान गरेको छ । संघले आज एक बि१प्ति प्रकाशित गरी भोलीदेखि देशभरका सामुदायिक बिद्यालयमा शैक्षिक हडताल गर्ने घोषणा गरेको हो । संघले सबै जिल्लाका राहत शिक्षक संघलाई सर्कुलर गरी हडतालको कार्यक्रम सफल बनाउन आग्रह गरेको छ ।