लायन्स क्लव गुल्मीले ग्रिनसिटी अस्पताल काठमान्डौको सहयोगमा रुरु गाउँपालिका गुल्मीमा २ दिने निशुल्क स्वास्थ्य परिक्षण एवं सल्यक्रिया शिविर सम्पन्न गरेको छ । शिविरबाट १ हजार बढी विरामीले सेवा लिएका छन् जस मध्ये ८ जनाको सल्यक्रिया गरिएको छ । शिविर समापन समारोहका प्रमुख अतिथी प्रदेश न ५ का सामाजिक विकास मन्त्री सुर्दशन बरालले मेडिकल साईन्सले विश्वमा निकै ठुलो प्रगती गरेको छ । त्यसको प्रभाव नेपालमा पनि छ नेपालमा पनि उपचारका क्षेत्रमा उल्यख्य बिकास भएको छ तर सरकारले पर्याप्त सेवा प्रदान गर्न नसकेको बताउनु भयो । प्राइभेट मेडिकल सेवा अत्यन्त महंगो भएको बताउनु भयो ।
https://www.facebook.com/rurufm94.8/videos/2286085958108497/
कार्यक्रममा रुरु गाउँपालिका अध्यक्ष निलकण्ठ गौतमले क्लवकले ग्रामिण भेगमा सेवा पुर्याएकोमा धन्यवाद ज्ञापन गर्नु गर्नु भएको थियो । क्लवका तर्फवाट रामहरी ज्ञवाली, भिम पौडेल लगायतले शिविरका बारेमा बताउनु भएको थियो । कार्यक्रम क्ल्वका सचिव थानेश्वर ज्ञवालीले सञ्चालन गर्नु भएको थियो ।