२५ किलो चाँदी र सय ग्राम सुनसहित दुईजना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत विहार राज्य मधुवानी जिल्ला बासोपट्टी–४ का ३७ वर्षीय कृष्णकुमार महतो र ३० वर्षीय रुपेश महतो रहेका छन् ।
आइतबार बेलुका जनकपुरबाट लोहना हुँदै भारत जान लागेको बीआर ३२ एस ४३५७ नम्बरको मोटरसाइकलमा लोहना जाने सडकमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । दुवैजनालाई जिल्ला प्रहरी कार्यालय धनुषाले आज बिहान पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।
बरामद भएको सुनको मूल्य ५ लाख २४ हजार ७ सय रुपैयाँ र चाँदीको मूल्य १६ लाख १८ हजार २ सय ५० रुपैयाँ रहेको छ ।