छत्रकोट गाउँपालिका खर्ज्याङ गुल्मीमा खेल मैदानको सिलन्यास गरिएको छ । प्रदेश सरकारको प्रत्येक गाउँपालिकामा एक खेल मैदान कार्यक्रम अन्र्तगत निर्माण गर्न लागिएको खेल मैदानको एक समारोहका बिच गाउँपालिक अध्यक्ष मधुकृष्ण पन्तले सिलन्यास गर्नु भएको हो । १० रोपनी क्षेत्रफलमा ३६ लाख रुपैयाको लगानिमा खेल मैदान निर्माण हुने उपभोक्ता समितीका अध्यक्ष सरोज पाण्डेले बताउनु भयो । प्रारम्भिक चरणमा वाल लगाउने, मैदान समम्याउने र आफिस निर्माण गरिने छ । गाउँपालिका उपाअध्यक्ष नरमदा भण्डारीले खेल मैदान समयमै निर्माण समपन्न गरि यस बाट लाभ लिनु पर्ने बताउनु भयो । समग्र गाउपालिकाको सम्पति भएको र एसको बृद्दी बिकासमा आ- आफनो तर्फ बाट आवश्यक सहयोग गरि यसलाई गौरबको रुपमा लिनु पर्ने वडा अध्यक्ष कृष्ण पन्तले बताउनु भयो ।