मोहन बैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) ले सरकारले विप्लवमाथि प्रतिवन्ध लगाएर फाँसीवादी चरित्र प्रदर्शन गरेको आरोप लगाएको छ । पार्टीको आज बसेको स्थायी समिति बैठकले सरकारद्वारा नेकपा विप्लव समूहका नेता कार्यकर्तालाई व्यापक रुपमा धरपकड गर्ने तथा यातना दिने तथा प्रतिबन्ध लगाउने कदमलाई फाँसीवादी चरित्रको सज्ञा दिंदै उक्त प्रतिवन्ध फिर्ता लिन विशेष माग गरेको हो ।
एउटा कम्युनिस्ट समूहमाथि गरिएको फाँसीवादी व्यवहार निन्दनीय रहेको बैठकपछि महासचिव बैद्यले जारी गरेको विज्ञप्तिमा भनिएको छ । पार्टीले सरकारको यस प्रकारको फासिवादी गतिविधिको तथा व्यवहारको कडा विरोध तथा भत्र्सना गर्दै राजनीतिक समस्याको समाधान राजनीतिक रुपमा गर्न, धरपकड गर्ने तथा यातना दिने कामलाई अविलम्ब रोक्न र प्रतिबन्ध फिर्ता लिन सरकारसग विशेष माग गरेको छ ।