गुल्मीका अधिकांस क्षेत्रमा परेको भारी बर्षासँगै असिनाले तरकारी तथा अन्नबालीमा क्षती पुगेको छ । सदरमुकाम तम्घाससँगै जिल्लाको पश्चिम ग्रामीण भेगमा पर्ने छत्रकोट ,रुरु ,मालिका, मदाने, धुर्कोट, इस्मा लगाएतका विभिन्न स्थानमा भारी बर्षात भएको थियो । हावाहुरी सहितको असिना पानीले गर्दा कृषकहरुले लगाएका तरकारी र फलफूल खेतिमा ठुलो क्षति पुगेको छ ।
असिना पानीले भर्खरै उम्रन फुल फुल्न थालेका तरकारी तथा मकैका ससाना बिरुवालाई समेत क्षेती पुर्याउँदा कृषकहरु चिन्तित भएका छन् ।
असिनाले फुल्न लागेका बोट–बिरुवा तथा फल लागेका फलफूलका ससाना दानाहरु समेत नष्ट गर्दा कृषकहरु चिन्तित बनेका छन् ।
भर्खरै उम्रीएका काँक्रा, फर्सी, सिमि, भान्टा, करेला, लौका, घिरौँला, चिचिन्ना, खुर्सानी लगाएतका तरकारी तथा आरुबखडा, अम्बा, सुन्तला, कागती, नास्पाती लगाएतका फलहरुमा समेत क्षेती पुग्दा कृषकहरु थप चिन्तामा परेका छन् ।