पाल्पामा हुन लागेको वृहत साँस्कृतिक कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ । तिनाउ–१ झिगामारामा अवस्थित बौद्धविहारमा हुन लागेको वृहत साँस्कृतिक कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको हो । बौद्धविहार टोल विकास समिति र बौद्धविहार साँस्कृतिक कार्यक्रम उपसमितिको आयोजनामा आगामि जेठ ४ गते हुने साँस्कृतिक कार्यक्रमका लागि आर्थिक संकलन, भौतिक निर्माण तथा अतिथिलाई पत्रचार लगायतका सम्पूर्ण कार्य अन्तिम चरणमा पुगेको आयोजक समितिका अध्यक्ष चम्पा थापाले जानाकारी दिनुभयो ।
स्थानिय सिद्धबाबा मन्दिर, रेम्बो पार्क लगायत प्रयटकीय क्षेत्रको प्रचारप्रसार र आन्तरिक पर्यटन प्रर्वधनका लागि २६ सय ३८ औं बुद्धजयन्तीको अवसर पारी आयोजना गर्न लागिएको साँस्कृतिक कार्यक्रमले तिनाउको विकासमा समेत टेवा पुर्याउने समितिका सचिव विरबहादुर रानाले जानाकारी दिनुभयो ।
तयारी अन्तिम चरणमा पुगेको बताउँदै उहाले बौद्धविहारमा रङ्ग रोगन, स्टेज निर्माणको कार्य महिनाको अन्तिम सम्ममा सकिसक्ने योजना रहेको बताउनुभयो । स्थानिय तथा राष्ट्रिय कलाकारहरुको समेत उपस्थिति रहने कार्यक्रममा १० हजार बढी दर्शक तथा भक्तालु भित्राउने योजना रहेको आयोजक समितिले जनाएको छ ।