अख्तियारमा मुद्दा परेको बिषयमा छानबिनको माग गर्दै, रुरुक्षेत्र गाउँपालिकामा एमालेको तालाबन्दी
असार ३०
नेकपा एमाले रुरुक्षेत्र गाउँपालिका गुल्मीले गाउँपालिकामा तालाबन्दी गरेको छ ।
पालिका भित्रका सबै ७ वटा माध्यमिक बिद्यालयमा २ थानका दरले १४ थान स्मार्ट बोड खरिद तथा जडानमा अनियमितता गरिएको भन्दै छानबिन गरि दोषिलाई कारबाहीको माग गर्दै तालाबन्दी गरिएको हो ।
एमाले अध्यक्ष फर्सुराम ज्ञवालीको नेतृत्वमा गाउँपालिका अध्यक्ष यदु ज्ञवाली र प्रमुख प्रसासकिय अधिकृत लक्ष्मण पाण्डेयको कार्यकक्षमा तालाबन्दी गरिएको छ । अध्यक्ष ज्ञवालीले रुरु एफ एम संग कुरा गर्दै अख्तियारमा मुद्दा परेको जानकारी पाएको तर पनि छानबिनमा ढिलाई भएकोले तालाबन्दी गरेको बताउनु भयो ।
यस्तै २८ जना जनप्रतिनिधीले उपाध्यक्ष मिनादेबी गौतमको नेतृत्वमा ज्ञापन पत्र पनि बुझाएका छन । ज्ञापन पत्रमा पनि यसै बिषयमा ध्यानाकर्षण गराईएकको छ ।
लुम्बिनी प्रदेश र रुरुक्षेत्र गाउँपालिकाको साझेदारिमा, लुम्बिनी प्रदेशबाट २५ लाख र गाउँपालिकाको १० लाख गरि ३५ लाख रुपैयामा पालिका भित्रका ७ वटा माध्यमिक बिद्यालयमा स्मार्ट बोड खरिद तथा जडान गर्न सम्बन्धित बिद्यालयलाई अख्तियारी दिने निर्णय गत चैत २५ गते कार्यपालिकाले गरेको थियो ।
खरिद प्रक्रिया पुरा नहुदै एक ब्यापारिले सामान जडान गरि दिएको र फरक फरक बिद्यालयमा एकै प्रकारको सामानमा फरक फरक दररेट पाईएको हुँदा सम्वन्धीत ब्यापारीलाई मिति असार २७ गते गाउँ शिक्षा समितिको बैठकमा बोलाई खरिद र जडन सम्बन्धमा छलफल गरी विवाद समाधान गरिएको पनि बताईएको थियो ।
। यसै बिषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलमा मुद्दा परेको र सम्बन्धित कार्यालयले असार २५ गते बाट छनबिन प्रक्रिया सुरु गरेको प्रमुख प्रसासकिय अधिकृत पाण्डेयले बताउनु भयो ।
यस कार्यक्रमको खरिद तथा भुक्तानी प्रक्रिया रोकिएको छ । कार्यपालिकामा २ जना माओबादी केन्द्र र १२ जना एमाले बाट निर्वाचित जनप्रतिनिधी रहेका छन।
