जिल्ला प्रशासन कार्यलय गुल्मीले मालिका गाउँपालिकाका बिभिन्न स्थानमा पुगि नागरिकता बितरण गरेको छ ।
प्रशासनले गाउँपालिकाको दर्लिङग, अर्खबाङग र घमिरमा घुम्ती शिबिर गरि चार सय भन्दा बढी नागरिकता र फोटो सहितको मतदाता नामवाली घुम्ती शिविरबाट वितरण गरिएको जिल्ला प्रशासन कार्यलय गुल्मीका प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिनुभयो ।
जसमध्ये दर्लिङगबाट नागकिता एक सय ७३ , मतदाता नामवली एक सय ९९, अर्खबाङगबाट नागरिकता ९६ र मतदाता नामवली एक सय वितरण गरिएको छ । घमिरमा नागरिकता एक सय आठ जनाले र नामवली १०० भन्दा बढी वितरण गरिएको गुल्मीका प्रशासकीय अधिकृत पाण्डेले जानकारी दिनुभएको छ ।
शिविर दर्लिङग, अर्खबाङ्ग र घमिरमा गरी मालिका गाउँपालिकाका तीन स्थानमा संचालन भएको हो ।
गाउँबाट जिल्ला सदरमुकाम तम्घास आँउदा भाडामा मात्रै धेरै खर्च हुने र समस्याहरु हुने भएकाले जिल्ला प्रशासन कार्यालय गुल्मीले गुल्मीका बिभिन्न ठाउँमा घुम्ती शिविर संचालन गर्दे आइरहेको छ ।
शिविरबाट गाउँपालिकामा धेरै फाइदा पुगेको मालिका गाउँपालिका प्रमुख रित बहादुर थापाले जानकारी दिनुभएको छ । शिविरले गाउँपालिका अत्यन्त खुसी भएको र यस्ता कार्यक्रम समय समयमा हुनुपर्ने धारणा समेत अध्यक्ष थापाले राख्नुभएको छ ।