रुसको जशिंस्क शहरस्थित एउटा कारखानामा विस्फोट हुँदा ७९ जना घाइते भएका छन । विस्फोटका कारण नजिकका १ सय ८० वटा घरमा क्षति पुगेको विवरणमा जनाइएको छ । कारखानामा सेनाका लागि बम बनाउने र भण्डारण गर्ने गरिएको बीबीसीले जनाएको छ ।
अधिकारीहरूका अनुसार विस्फोटका कारण जेएससी क्रिस्टल इन्स्टिट्युटमा अवस्थित उक्त कारखाना पूर्ण रूपमा ध्वस्त भएको छ ।
घाइतेमध्ये अधिकांशलाई विस्फोटबाट फुटेका सिसाले चोट लागेको थियो । विस्फोटका कारण कम्पन हुँदा नजिकका घरका र अरू कारखानाका झ्यालका सिसाहरू फुट्न पुगेका थिए ।