वैदेशिक रोजगारीका लागि कामदारको स्वास्थ्य परीक्षण गर्न बुटवलमा नेश्नल प्याथ ल्याब र सुधा मेडिकल थपिएका छन्।
पछिल्लो समय श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सुचीकृतका लागि गरेको आब्हानमा नेपालका ठुला अस्पतालहरुले समेत त्यसमा चासो देखाएका थिए।
ठुला अस्पतालले पनि कामदारको स्वास्थ्य परीक्षण गर्नका लागि श्रम मन्त्रालयमा आवेदन दिएका थिए।
आवेदन दिएका १ सय २६ वटा स्वास्स्थ्य संस्थाबाट श्रम मन्त्रालयले सुचीकृतका लागि ५१ वटाको नाम सार्वजनिक गरेका छन्।
५१ बटा स्वास्थ्य संस्थाको सुचीमा कतार जाने कामदारका लागि खोलिएको स्टेम्ज हेल्थ केयर सेन्टर प्रालिका नाम पनि समावेश छ। अब विदेश जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने संस्थाहरु २ सय २६ वटा २ सय ७७ पुगेको छ।
यी २ सय ७७ वटा स्वास्थ्य संस्थाले नेपाल सरकारले खुल्ला गरेको १ सय ८ देशमा जाने कामदारको लागि स्वास्थ्य परीक्षण गर्ने हो ।
अहिले मलेसियाका लागि ३७ वटा, कतारका लागि एउटा, साउदी, बहरनन लगायतका देशका लागि १२ वटा छुट्टै स्वास्थ्य संस्था तोकिएका छन् ।
पछिल्लो समय श्रम मन्त्रालयले ५१ वटा स्वास्थ्य संस्था सुचीकृत गरेको सुचना निकाल्नुलाई म्यानपावर ब्यवसायीहरुले मलेसिया खुलाउनको लागि गरिएको वहाना भनि संज्ञा दिएका छन् ।
कामदार छनौट गर्ने संस्थाहरु चयन भइरहेको भन्दै मन्त्रालयले मलेसिया बन्द गराइ रहन खेलिएको खेल हो एक व्यवसायीले भने, यो श्रम मन्त्रीको सस्तो प्रचारवाजी मात्र हो।
अहिले भएका २ सय २६ वटा स्वास्थ्य संस्थाको गुणस्तर र अनुगमन सरकारले गर्न सकिरहेको छैन, ुअर्का म्यानपावर व्यवसायीले भने, संख्यामात्र बढाएर मात्र हुने केही होइन।
यता गत कात्तिक १२ गते मलेसियासँग श्रम सम्झौता भएपनि कामदार पठाउन सकिएको छैन् ।
मलेसियाका लागि स्वास्थ्य परीक्षण गर्ने संस्था चयन भइरहेको श्रम मन्त्रालयले जनाएको छ। स्वास्थ्य संस्था चयनका लागि उपत्यकाबाहिर १ र उपत्यकाभित्र २ टोलीले मिलेर अनुमगन गरिरहेको छ।