घनश्याम पौडेल,
३१ जेठ, अर्घाखाँची –
अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका ७ अड्गुरीमा सिमीको विउ उत्पादन भएको छ । क्रियाशील गुणस्तरीय सिमि बालि बीउ उत्पादन कृषक समूहका २५ जना सहभागी कृषकले सिमीको विउ उत्पादन गरेका हुन । किसानका लागी उन्नत विउ विजन कार्यक्रमको अनुदानमा सञ्चालीत कार्यक्रमको अन्तीम कृषक पाठशाला समापनको वडाअध्यक्ष गुनाखर अधिकारीले उद्धघाटन गरेका हुन ।
उद्धघाटन गर्दै अध्यक्ष अधिकारीले भने कृषि कार्यक्रमलाई वडा तथा पालिकाबाट निती तथा कार्यक्रममा समेट्ने बताए । कृषकका लागी स्थानिय वडाबाट पनी सक्दो सहयोग गर्ने बताए । कार्यक्रममा केयुविकेका जिल्ला संयोजक हिराबहादुर सेन, पत्रकार घनश्याम पौडेल, स्थानिय नेत्रबहादुर थापा लगाएतले विउ उत्पादन कार्यक्रम प्रभावकारी भएको बताए । कालिका एकीकृत खाद्यान्न बालि कृषक समुहका अध्यक्ष कृष्ण भुसालको अध्यक्षता, सचिव लक्ष्मण न्यौपानेको सञ्चालनमा सम्पन्न भएको हा ।
गतवर्ष फागुन १८ गतेबाट सुरू भएको विउ उत्पादन ४ महिनामै तयार भएको छ । आधुनिक तरिकाबाट बीउ रोप्न सिकेको कृषकले बताएका छन् । सामुहिक रुपमा गरिएको विउ उत्पादनमा करिब १ क्वुइन्टल उत्पादन हुने समुहले जनाएको छ ।