काठमाडौ,
असार २ – नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ ।
निगमका अनुसार इण्डियन आयल कर्पोरेशनबाट आएको नयाँ मूल्य सूचीअनुसार समायोजन गरिएको हो । नयाँ मूल्य सूची अनुसार पेट्रोल, डिजेल र मट्टितेल तीनैथरीमा प्रतिलिटर २(२ रुपैयाँका दरले मूल्य घटाइएको निगमले जनाएको छ ।
हवाइ इन्धन एटीएफ तथा खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत छ । घटेको मूल्य अनुसार अब पेट्रोल प्रतिलिटर १ सय ८ रुपैयाँ, डिजेल तथा मट्टीतेलमा प्रतिलिटर ९६ रुपैयाँ ५० पैसामा उपलब्ध हुनेछ ।
गएराती १२ बजेबाट यो मुल्य लागू भएको छ ।