घनश्याम पौडेल, अर्घाखाची,
असार ३-
अर्घाखाचीको शितगंगा नगरपालिकाका नगरप्रमुख सुर्यप्रसाद अधिकारीले स्वास्थ्य सुविधाको कमि हुन नदिने बताउँनुभएको छ । जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाँचीले स्वास्थ नेपाल, समृद्ध नेपाल भन्ने नाराका साथ स्थानिय तहमा स्वास्थ्य सम्बन्धि अभिमुखिकरण छलफल कार्यक्रममा स्वास्थ्य सुविधा जनतालाई पुर्याउन सक्नु नगरको दायित्व रहेको बताउनुभयो ।
उहाँले नगरपालिका भित्र स्वास्थ्य क्षेत्रमा रहेका समस्याको समाधान गर्नका लागि आगामि बजेटमा योजनालाई प्राथमिकता दिने बतानुभयो ।
कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख पुष्पा थापाले योजना छनोटमा स्वास्थ क्षेत्रलाई प्राथमिकता दिन जनप्रतिनिधिलाई आग्रह गर्नुभयो । आधारभुत स्वास्थ्य सुविधा निशुल्क रूपमा जनताले पाउनुपर्ने बताउनुभयो ।
कार्यक्रम स्वास्थ कार्यालयका प्रमुख पुष्पा थापाको अध्यक्षता, मिनबहादुर कुवरको स्वागत र टेकबहादुर न्यौपानेको सञ्चालनमा सम्पन्न भएको छ ।