राधा पोख्रेल ,गुल्मी
असार ५ –
बाल उत्थान तथा समाज बिकास केन्द्र नेपालको आयोजनामा बाल अधिकारका लागि पहल तथा सचेतनामुलक कार्यक्रम
एवम् शैक्षिक सामाग्री बितरण तथा अन्तरक्रिया कार्यक्रम श्रृङगेश्वर बहुमुखि क्याम्पस रानीबास गुल्मीमा सम्पन्न भएको छ ।

कार्यक्रममा बाल उत्थान तथा समाज बिकास केन्द्र गुल्मीका अध्यक्ष प्रकाश चालिसे को अध्यक्षता,
रुरु गाउपालीका उपाध्यक्ष लक्ष्मी पन्थको प्रमुख आथित्यता ,रुरु गाउपालीका वडा नम्बर ४ का अध्यक्ष परशुराम ज्ञवालीको बिशिष्ट आथित्यता रहेको थियो ।
यस्तै कार्यक्रममा रुरु गाउपालीका अन्तर्गतका माध्यमिक बिद्यालयका प्रधानाध्यपक,प्रतिनिधि तथा शिक्षक, संम्बन्धित बिद्यालयका बाल क्लबका पदाधिकारीहरु को सहभागिता रहेको थियो ।

कार्यक्रममा लक्ष्मी पन्थ,परशुराम ज्ञवाली र बिष्णु प्रसाद भण्डारी ले शुभकामना मन्तब्य राख्नुभएको थियो । यस्तै कार्यक्रम संयोजक घनश्याम खरेलले स्वागत मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा रुरु गाउपालीका का बिभिन्न माध्यमिक बिद्यालयका २० जना बिद्यार्थिहरुलाई कपि ,कलम, झोला लगायतका शैक्षिक सामाग्री बितरण गरिएको छ ।

यसैबिच सोहि कार्यक्रममा रुरु गाउपालीका स्तरिय बाल संजाल गठन गरिएको छ ।
जस अन्तर्गत अध्यक्ष स्मारीका ज्ञवाली, उपाध्यक्ष मनिशा पाण्डे,कोषाध्यक्ष राम प्रसाद ज्ञवाली, सचिव आशा न्याउपाने, सहसचिव रुपा बराल, सदस्यहरुमा कुसुम बम्रेल, बिमल बिक, असिम अर्याल, स्मृती पोखरेल , प्रसिद्ध ज्ञवाली, प्रिया पचभैया , निशा ज्ञवाली र टिका ज्ञवाली रहेका छन ।
कार्यक्रम श्रृङगेश्वर बहुमुखि क्याम्पसका स्वबियु सभापति किसन पाण्डेको सन्चालनमा सम्पन्न भएको छ ।