सिन्धुली,
असार १०
सुनकोशी नदी किनारमा कार खस्दा एकै परिवारका दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । सिन्धुलीको सुनकोशी गाउँपालिका–२ कमेरेफाँटमा गएराति सुनकोशी नदी किनारमा कार खस्दा एकै परिवारका दुई जनाको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा चालकसहित दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा काठमाडौं, नयाँबानेश्वरकी ४५ वर्षीया हेमा लामिछाने र ६० वर्षीय अच्युत लामिछाने छन् ।
घाइते भएका कार चालक ५८ वर्षीय दिपक लामिछाने र २६ वर्षीया आस्था लामिछानेको स्थानीय अस्पताल रातामाटामा उपचार भइरहेको छ ।