मोरङ,
असार १४,
सेफ्टी ट्याङ्की निर्माण गर्ने क्रममा ४ जनाको ज्यान गएको छ । मोरङको सुनबर्सी नगरपालिका ९, मुस्लिम बस्तीमा रहेको मस्जिदको सेफ्टी ट्याङ्की निर्माण गर्ने क्रममा
४ जनाको ज्यान गएको हो ।
मृत्यु हुनेहरूमा मो फिरोज आलम, सहनवाद, कपिल आलम र मो ओसिब आलम रहेका छन् । बेहोस अवस्थामा उद्धार गरिएका उनीहरूलाई उपचारका लागि प्रहरीले विराटनगरस्थित गोल्डेन अस्पतालमा ल्याएको थियो।
अस्पतालले उनीहरूलाई मृत घोषणा गरेको मोरङका प्रहरी प्रवक्ता डिएसपी घनश्याम श्रेष्ठले बताउनुभयो । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको उहाको भनाइ छ।
सेप्टिक ट्याङ्की बनाउँदै जाने क्रममा उनीहरु बेहोस भएर ढलेको प्रहरीले जनाएको छ ।
अक्सिजनको कमीको कारण चारै जना ढलेको अवस्थामा फेला परेका उनीहलाई तत्काल त्यहाँबाट निकालेर विराटनगर ल्याउँदै गर्दा बाटोमा नै ज्यान गएको जिल्ला प्रही कार्यालय मोङका डीएसपी श्रेष्ठले बताउनुभयो।
अर्का एकजना दाउत मियाँको रंगेली अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।