विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले मध्यपश्चिम क्षेत्रमा सरकारी नम्बर प्लेटका गाडी चल्न रोक लगाएको छ ।
सो पार्टीका मध्यपश्चिम कमाण्ड इन्चार्ज वीरजंगले आज एक विज्ञप्ति जारी गर्दै सरकारी सेतो नम्बर प्लेटका गाडी
साउन ७ गतेदेखि चल्न नदिने घोषणा गर्नु भएको हो ।
सरकारले चर्को कर असुल्ने र जनतामाथि नै दमन अभियान चलाएर जनपक्षीय अभियानलाई बन्द गर्ने र कथित
जनप्रतिनिधिहरुनै ठेक्कापट्टामा सामेल भएर आफ्नै टिपर, ट्याक्टर, स्काभेटर प्रयोग गरी राज्यको सम्पतिको दोहन
गरिरहेको आरोप विप्लवको पार्टीले बिज्ञप्तिमा लगाएको छ ।
विज्ञप्तिमा तिनै जनप्रतिनिधिहरु जनहत्यारा अभियानमा सुराकीको रुपमा परिचालन भएको पाइएको भन्दै यस्ता गतिविधिहरु बन्द गर्ने निर्णय गरेको जनाइएको छ । निर्णयविरुद्ध काम गरेमा जनकार्वाही गरिने समेत विज्ञप्तिमा चेतावनी दिइएको छ ।