अर्घाखाँची
साउन ६ –
अर्घाखाँचीको पाणिनी गाउपालिकाको आयोजनामा श्रोत केन्द्र स्थापना कार्यक्रम तथा उन्नत जातका बोयर बाख्रा बितरण कार्यक्रम सम्पन्न भएको छ ।
गाउँपालिकाले किसानहरुलाई कृषि तथा व्यावसायिक पशुपालनमा आत्मनिर्भर बनाउने उदेश्यले आइतबार एक कार्यक्रमको आयोजना गरि १ हजार ५ उन्नत जातका बोयर बाख्राहरु बितरण गरेको हो ।
बोयर बाख्राहरु बितरण गर्दै गाउँपालिका अध्यक्ष अच्युत गौतमले अबको ५ बर्ष भित्रमा गाउँपालिकालाई कृषि र पशुपालनमा आत्मनिर्भर बनाउने बताउनुभयो ।
कार्यक्रममा बोल्दै उपाध्यक्ष लक्ष्मी गौतमले स्वदेशमै कृषि पेसा गरेर मनग्य आम्दानी गर्न सकिने भएकोले विदेशिएका युवाहरूलाई स्वदेशमा फर्कन आग्रह गर्नुभयो ।
यस्तै प्रमुख प्रशासकिय अधिकृत जनकराज पन्थिले यस आर्थिक बर्षको बजेटबाट कृषि र पशुपालनलाई पहिलो प्राथमिकतामा राखेको बताउनुभयो ।
गाउँपालिकाको मैदान, अड्गुरी र पोखराथोक गरि तिन ठाउँमा श्रोत केन्द्र स्थापना गरि उक्त बाख्राहरु हस्तान्तरण गरिएको हो ।
श्रोत केन्द्र स्थापना नभएका वडा हरुमा एक एकवटा बोका वितरण गरिएको छ । कार्यक्रम कृषि प्राविधिक दधिराम घिमिरेको सन्चालनमा सम्पन्न भएको थियो ।