गुल्मी ,
साउन ६ –
आर्थिक वर्ष २०७५-७६ मा गुल्मीमा सवारी दुर्घटनामा परी मृत्यु हुनेको संख्या १९ जना रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीले जनाएको छ। कार्यालयका अनुसार २०७५ साल साउनमा ट्याक्टर दुर्घटनामा एकजना पुरुषको मृत्यु भएको थियो । यस्तै, भदौमा दुईजनाको मृत्यु भएको थियो जसमा एक जना महिलाको जीप र एक जना पुरुषको ट्रयाक्टर दुर्घटनामा मृत्यु भएको थियो । असोजमा दूई जना पुरुषको जीप दुर्घटनामा मुत्यु भएको थियो भने कार्तिकमा एकजना महिलाको मोटरसाइकल दुर्घटनामा र एक जना पुरुषको जीप दुर्घटनामा मृत्यु भएको कार्यालयले जनाएको छ।
यस्तै, मंसिरमा एउटा जीप दुर्घटना भए पनि मानविय क्षति नभएको कार्यालयले जनाएको छ। पुसमा ट्याक्टर दुर्घटनामा ९ वर्षीय बालिकाको मृत्यु भएको थियो । माघमा जीप दुर्घटनामा एक महिला र एक पुरुषको मृत्यु भएको तथ्याकंमा उल्लेख छ। यस्तै, चैत महिनामा सवारी दुर्घटनामा परी चार जनाले ज्यान गुमाएका छन । जसमा दुईजनाको मोटरसाइकलमा र दुई जनाको जीप दुर्घटनामा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका कम्प्युटर अपरेटर देबीप्रसाल पौडेलले जानकारी दिनुभयो।
यस्तै, बैशाखमा जीप दुर्घटनामा एक जना पूरुषको मृत्यु भयो भने जेठ महिना ट्र्याक्टर दुर्घटनामा चार जनाको मृत्यु भएको थियो । ट्याक्टर दुर्घटनामा तीनजना पुरुष र एकजना बालकको मृत्यु भएको थियो। यस्तै असारमा जीप दुर्घटनामा एक जना पुरुषको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यलय गुल्मीले जनाएको छ।
आर्थिक वर्ष २०७५ ७६ मा कुल २९ वटा सवारी साधन दुर्घटनामा परेको ट्राफिक प्रहरी कार्यलयको तथ्यांकमा उल्लेख छ। जसमा बस एक, जीप कार १२, ट्रयाक्टर १० र मोटरसाइकल छवटा दुर्घटनामा परेका छन्।
यस्तै, आर्थिक बर्ष २०७४र७५ मा जम्मा १७ सवारी दुर्घटनामा परे जसमा एक डोजर, बस दुई, जीप तथा कार सात, ट्याक्टर पाँच र मोटरसाइकल पाँच वटा दुर्घटनामा परे जसका कारण १९ जनाको मुत्यु भयो १४ जना पुरुष र पाँच जना महिलाको मृत्यु भएको कार्यालयले जनाएको छ। आर्थिक वर्ष २०७५ ७६मा ट्राफिक नियमको पालना नगर्ने सवारी साधनबाट कुल ३९ लाख सात हजार राजस्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यलय गुल्मीले जनाएको छ।