अर्घाखाँची
भदौ ३ –
अर्घाखाँचीको सौन्र्दयता हाम्रो सानः पर्यटन बिकासमा हाम्रो अभियान भन्ने मुल नाराका साथ अर्घाखाँचीमा तिज, पर्यटन, ब्यापार तथा सांस्कृतिक महोत्सव हुने भएको छ ।
पाणिनी गाउँपालिकाको दुर्गाफाटमा प्रथम पाणिनी तिज, पर्यटन, ब्यापार तथा सांस्कृतिक महोत्सव सञ्चालन हुने भएको हो । यहि भदौ ८ गतेदेखि १८ सम्म अर्घाखाँचीको पाणिनि गाउँपालिका वडा नंम्बर ८ पालीको कुरुलेफाटमा मेला हुने भएको छ ।
छत्रेश्वरि म्यानेज्मेन्ट प्रालिको आयोजना र पाणिनी पर्यटन समाजको सहआयोजनामा मेला हुन लागेको हो । यस मेलामा वडा स्तरिय तिजगित प्रतियोगिता , पाणिनि डान्स आइडियल २०७६ साथै मेलामा बाल उत्थान सामाग्रीहरु चर्खा ,पिङ, मौतको कुवा, बाइक रेस जस्ता मनोरन्जनका खेलहरु खेलाइने र देखाइने आयोजक सहआयोजक संस्थाका अध्यक्ष विजय सुनामले पत्रकार सम्मेलन मार्फत जानकारी दिनुभयो ।
५० वटा स्टल राखिने मेलामा स्थानीय उत्पादित कृषि सामाग्रीहरु लगायत राखिने भएको छ । स्थानिय संरचना पछि जिल्लाकै पहिलो मेला पाणिनी गाउँपालिकाको दुर्गाफाटमा लाग्ने भएको हो । यहाँको मेलाले पाणिनी गाउँपालिका भित्र रहेका धार्मिक तथा पर्यटकीय स्थलको प्रचारप्रसार हुने बिश्वास गरिएको छ ।
मेला अवधिभरमा करिब १ लाख दर्शकले मेलाको अवलोकन गर्ने लक्ष्य आयोजकले लिएको छ । मेलामा करिब १२ देखि १५ लाख सम्म खर्च लाग्ने छ ।
महोत्सवमा बिभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति रहनेछ ।