बाग्लुङ
भदौ ५ –
बाग्लुङको तुरतुरेमा पहिरोले पक्की मोटरबाटो बगाएर अवरुद्ध बनेको मध्य पहाडी लोकमार्ग सुचारु भएको छ ।
गुल्मी र बाग्लुङ जिल्लाको सिमाना तुरतुरेमा पहिरोले पक्की मोटरबाटो बगाएर अवरुद्ध भएको पहाडी लोकमार्ग सुचारु भएको आयोजनाले जनाएको छ।
तालको पानीले बाटो बगाउँदा १७ दिनदेखि मध्य पहाडी मार्ग पूर्ण रुपमा बन्द भएको थियो।
सडक सुचारु भएपछि गुल्मी हुँदै बाग्लुङ बुर्तिबाङसम्म पुग्ने सवारीका साधनहरू आवत जावत गरेका छन्।
सडक सुचारु गर्न मध्य पहाडी लोकमार्ग आयोजनाले २ वटा डोजर प्रयोग गरेर सडक मर्मत गरेको थियो।
गत साउन १९ गते ताल फुटेसँगै बढिघाट गाउँपालिकाको भिङगिठेअन्तर्गत मध्य पहाडी लोकमार्ग सडकको २ सय मिटर पक्की मोटरबाटो बगाएको थियो।
बाग्लुङ जिल्लाको बढिघाट गाउँपालिका ७ र डोरपाटन नगरपालिका १ को तुरतुरे भन्ने स्थानमा गत वर्षको भदौ २९ गते चट्टान सहितको ठूलो पहिरो खोलामा खसेर ताल बनेको थियो।