अनिल खत्री
२० भदौ, गुल्मी
नेपाली कांंग्रेस निकट जनप्रतिनिधीबाट लगाएको ताला प्रहरीले खोलेको छ ।
एक जना शिक्षकलाई प्रधानध्यापक बनाउने बिषयमा भएको विवादमा गत दिन देखि नेपाली कांग्रेस निकट जनप्रतिनिधी र नेता कार्यकर्ताहरुले रेसुङ्गा नगरपालिकामा ताला लगाइएको थियो ।अन्दोलनरत पक्षले व्यवस्थापन पक्षले बनाएको प्रअ नै हुनुपेर्न माग राखेर बुधवार लगाएको ताला खोली सेवाप्रवाह गर्न सुरु गरिएको प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासीनीले जानकारी दिए । रेसुङ्गा नगरपालिकाले बिद्यालय व्यवस्थापन समितिको बैठकको निर्णय बदर गरेको छ ।
जिल्ला सदरमुकाम तम्घासमा रहेको महेन्द्र नमुना माध्यमिक विद्यालयको व्यवस्थापन समिति बैठकको निर्णय रेसुङ्गा नगरपालिकाले खारेज गरेको थियो । समितिको गत साउन ९ गते बसेको प्रध्यानाध्यापक नियुक्ति सम्बन्धी निर्णय नगरपालिकाले खारेज गर्न आदेश दिएको थियो ।
बैठकले प्रध्यानाध्यापकमा शिक्षक युवराज ज्ञवालीलाई नियुक्त गर्ने निर्णय गरेको थियो । तर उक्त निर्णयविरुद्ध विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावकसंघका सदस्यले नै उजुरी दिएपछि नगरपालिकाले उक्त निर्णय खारेज गरेको हो ।निर्णय खारेज गरेसँगै प्रध्यानाध्यापकमा केशर बहादुर थापालाई नियुक्त गरिएको थियो ।
ज्ञवालीलाई विधान र कानुन विपरित विद्यालय व्यवस्थापन समितिको अध्यक्षले आफु निकटको व्यक्तिलाई प्रध्यानाध्यापकमा नियुक्त गरिएको भन्दै शिक्षक अभिभावक संघका सदस्य कुलदिप थापा र विद्यालय व्यवस्थापन समिति सदस्य विजय लक्ष्मी बस्नेतले रेसुङ्गा नगरपालिकाको कार्यालयमा उजुरी दिएका थिए ।
उक्त उजुरीमाथि छलफल गर्दै नगरपालकाले विद्यालय व्यवस्थापन समितिको निर्णय खारेज गर्दै थापालाई नै प्रःअ बनाउने निर्णय गरेको थियो । नमुना माध्यमिक विद्यालय संचालन निर्देशिका २०७४ को सशोंधन २०७५ मा करारमा शिक्षक नियुक्त गर्न पाउने सम्बन्धी व्यवस्था छ ।त्यसको लागि विद्यालय व्यवस्थापन समिति निर्देशन परिच्छेद ८ अनुसार प्रध्यानाध्यापक नियुक्त गर्दा तीन जनाको छनोट समिति बनाउनुपर्ने व्यवस्था छ । छनोट समितिले विद्यालय प्रस्ताव आह्वान गर्छ । त्यसमा उम्मेद्धार बन्ने व्यक्ति ५ बर्ष स्थायी सेवा गरेको, विकास प्रस्ताव र व्यक्तिगत विवरण गरी न्युनतम ७० अकं आएको हुनुपर्छ । तर सो नियमबिपरित प्रध्यानाध्यापकमा ज्ञवालीलाई नियुक्त गरेको भन्दै नगरपालिकाले निर्णय बदर गरेको नगरप्रमुख डिल्लिराज भुसालले जानकारी दिए ।
त्यस विरुद्ध रेसुङ्गा नगरपालिकामा नेपाली कांग्रेसका बहुमत वडाध्यक्ष सहितका जनप्रतिनिधीहरुले पछि नियुृक्ति गरिएका प्र.अ. ज्ञवाली नै हुनु पर्ने माग गर्दै आन्दोलन गरिरहेका छन् ।
जनप्रतिनिधीबाट पत्रकार माथि दुब्र्यबहार
रेसुङ्गा नगरपालिकामा समाचार संकलनमा गएका पत्रकार माथी जनप्रतिनिीबाट दुब्र्यबहार भएको छ ।
महेन्द्र नमुना माध्यमिक बिधालयमा प्रधानाध्यपकको नियुक्ति बिषयमा लिएर भएको बिबादमा बिहीबार नगरपालिकामा लागेको तालाको सन्र्दभमा समाचार संकलनका लागि गएका पत्रकारहरु माथि रेसुङ्गा नगरपालिका वडा नम्बर ८ का वडाअध्यक्षले दुब्र्यबहार गरेका छन् ।
जिल्ला प्रहरी कार्यलय गुल्मीबाट गएको प्रहरीको टोलीले नगरपालिकामा लागेको ताला खुलाउन खोज्ने क्रममा सामान्य बिबाद भएको समाचार संकलनका लागि गएका पत्रकारहरु अनिल खत्री,तिलाचन पाण्डे, अजय सुनार माथी अभद्ध ब्यबहार गर्दै दुब्र्यबहार गरका थिए ।
महेन्द्र नमुना माध्यमिक बिधालयमा प्रधानाध्यपक नियुक्तिको बिषयमा समितिको निर्णय नगरपालिकाले खारेज गरिदिएपछि नगरपालिकाका प्रमुख र प्रशासकीय अधिकृतको कार्यकक्षमा काग्रेस जनप्रतिनिधिहरुले ताला लगाएका थिए ।
समाचार संकलनका लागि भिडियो र फोटो खिचिरहेको सन्र्दभमा पत्रकार माथि दुब्र्यबहार गरेको भन्दै नेपाल पत्रकार माहासंघ गुल्मीले समाचार संकलनका लागि गएका पत्रकारहरु माथि गरिएको दुब्यबहार प्रति खेद प्रर्कट गरेको छ ।
महासंघले एक बिज्ञप्ती जारी गर्दै रेसुङ्गा नगरपालिका वडा नं ८ का वडा अध्यक्ष भरत भलामीले गरेको अभद्ध ब्यबहार प्रति गम्भिर ध्यान आकर्षण भएको जनाएको छ ।
नेपाल पत्रकार महासंघ गुल्मीकी उपाध्यक्ष सीता भण्डारीद्धारा हस्ताक्षर गरिएको प्रेस बिज्ञप्तीमा समाचार संकलनका लागि गएका पत्रकारहरु माथी भएको दुब्र्यबहार प्रति गम्भिर ध्यान आर्कषण भएको भन्दै घटना प्रति दुःख ब्याक्त गरेको छ ।
समाचार संकलनका लागि पुगेका पत्रकारहरुलाई फोटो खिचिरहेको सन्र्दभमा किन खिचेको भन्दै वडा अध्यक्ष भरत भलामीले दुब्र्यबहार गरेका थिए ।