२६ भदौ
छत्रकोट गाउँपालिका गुल्मीमा स्वास्थ्य बिमा बिषयक अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल स्वास्थ्य बिमा बोर्डको आयोजनामा कार्यक्रम गरिएको हो ।
नेपाल सरकारले नागरिकका लागि देशैभर लागू गरेको स्वास्थ्य बिमाका बिषयमा सरोकारवालाहरुलाई जानकारी गराउन र
कार्यान्वयन गराउनका लागि कार्यक्रम गरिएको हो ।
३ हजार ५ सय रुपैयामा ५जनाको परिवारलाई १ लाख सम्मको स्वास्थ्य बिमा कार्यक्रम शुरु भएको छ । यसै बिषयको लाभ,
सीमा र कार्यान्वयनका बिषयमा बिमा कम्पनीका हिमलाल ज्ञवालीले जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा सहभागीका तर्फबाट भुवन टन्डन , महिला संजालबाट संगीता पन्थ , नेपाली कांग्रेसका तर्फबाट धातानन्द भुषाल ,नेकपाका
रामचन्द्र कंडेल ,वडा नं ३ का अध्यक्ष तेजकान्त अर्याल , गाउँपालिका उपाध्यक्ष नर्मदा भन्डारी लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।
कार्यक्रमका अध्यक्ष एवं गाउँपालिका अध्यक्ष मधुकृष्ण पन्थले स्वास्थ्य बिमाले स्थानीयहरुलाई लाभ पुर्याउने हुँदा यसको कार्यान्वयनका लागि
गाउँपालिकाले आवश्यक सहयोग पुर्याउने प्रतिबद्घता ब्यक्त गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण श्यामशुन्दर पोख्रेलले गर्नुभएको थियो ।