कमल पौडेल
०९ असोज, गल्कोट –
घुम्टे पर्यटन विकास केन्द्र गल्कोटले मंसिर ४ गते देखि हरिचौरमा संचालन गर्ने दोश्रो गल्कोट घुम्टे महोत्सव को प्रचार तथा तयारी सुरु गरेको छ।
सोहि सन्दर्भ अनुसार गल्कोट नगरपालिका वडा नं. ११ रिघामा वडा स्तरीय महोत्सव सहयोग समितिको गठन गरेको छ।
वडा अध्यक्ष डम्बर श्रीसको संयोजकत्वमा ६३ सदस्यिय समितिको गठन गरिएको हो।
कार्यक्रममा गल्कोट घुम्टे महोत्सव सचिवालय सदश्य तथा कृषि उपसमितिका संयोजक ललित श्रीसले कार्यक्रमले स्थानिय उत्पादन, कला संस्कृतिको प्रचार तथा प्रसार गर्ने जानकारी दिनुभएको थियो।
कार्यक्रम वडा अध्यक्ष डम्बर श्रीसको अध्यक्षता, जिसस सदस्य रुपा विकको आतिथ्यता, तथा महोत्सव सचिवालय सदस्य योगेश भण्डारीको सञ्चालनमा सम्पन्न भएको थियो।
जनता सँग प्रहरी साझेदारी कार्यक्रम रिघामा सम्पन्न
रिघामै जनता संग प्रहरी साझेदारी कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा जिसस सदस्य रुपा विक, पूर्व गाविस अध्यक्ष होम बहादुर श्रीस, रत्न लक्ष्मी माविका प्रधानाध्यापक तुल वहादुर श्रीस, प्रहरी चौकी हटियाका प्रहरी नायव निरिक्षक अनुप खत्रि क्षेत्री, इलाका प्रहरी कार्यालय हरिचौरका विष्णु चालिसे लगाएतले बोल्नुभएको थियो।
वक्ताहरुले जनता वर्दिविनाको प्रहरी भन्दै शान्ति सुरक्षाको लागी जनताको सक्रिय सहभागिता हुनुपर्ने बताउनु भएको थियो।
कर्यक्रम बडा अध्यक्ष डम्बर श्रीसको अध्यक्षता, वडा सदस्य श्याम श्रीसको स्वागत मन्तव्य तथा सचिव दिल बहादुर श्रीसको संचालनमा सम्पन्न भएको थियो।
रिघा स्वास्थ्य चौकीका एच.ए. थापालाई विदाई
रिघा स्वास्थ्य चौकीका प्रमुख एच ए हरि थापालाई एक कार्यक्रम विच विदाई गरिएको छ।
२०७४ जेठ देखि रिघामा सेवा गरिरहेका थापालाई समायोजन मार्फत काठेखोला गएकोले विदाई गरिएको हो।
विदाई कार्यक्रममा जिसस सदस्य रुपा विक, रलमाविका प्रधानाध्यापक तुल वहादुर श्रीस लगाएतले योगदानको चर्चा गर्नुभएको थियो।
स्थानियले मायाको चिनो सहित विदाई गरेका थिए।
कर्यक्रम स्वास्थ्य चौकी व्यावस्थापन समितिका अध्यक्ष डम्बर श्रीसको अध्यक्षता, स्वयंसेविका गंगा श्रीसको स्वागत मन्तव्य तथा अहेव दिल बहादुर श्रीसको संचालनमा सम्पन्न भएको थियो।