पशुपति कंडेल
असोज १०
श्रृङगा जनता माध्यमिक बिद्यालय छत्रकोट ४ श्रृङगाा गुल्मीमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
बिजया दशमी तथा दिपावलिको अवसरमा बिद्यार्थि, शिक्षक ,कर्मचारी, व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघ बिच शुभकामना आदान प्रदान गरिएको हो ।
सोहि अवसरमा कक्षा ११ को परिक्षफल अनुसार कक्षा ११ उत्तिर्ण हुन सफल बिद्यार्थिहरुलाई टिका,फुल र मायाको चिनो ले बिद्यालयका प्रधानाध्यपक बिकास चन्द्र खरेल, बिद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा अभिभावक संघ अध्यक्ष होमनाथ कंडेल ले सम्मान गर्नुभएको थियो ।
प्रधानाध्यपक बिकास चन्द्र खरेलको अध्यक्षता, बिद्यालय व्यवस्थापन समिति अध्यक्ष होमनाथ कंडेलको प्रमुख आथित्यता ,शिक्षक अभिभावक संघ अध्यक्ष मेघराज पन्थको बिषेष आथित्यता, रुरु एफएमका स्टेशन म्यानेजर युगराज बस्याल , बिद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, शिक्षक अभिभावक संघ का पदाधिकारीहरु को कार्यक्रममा आथित्यता रहेको थियो ।
शिक्षक मिना गौतम कंडेलको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रममा बिद्यार्थिहरु डिल्लीराज पन्थ , कोपिला अर्याल, बिद्यालय व्यवस्थापन समिति सदस्य धातानन्द भुषाल, शिक्षक अभिभावक संघका अध्यक्ष मेघराज पन्थ, तथा बिद्यालय व्यवस्थापन समिति अध्यक्ष होमनाथ कंडेलले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
सोहि अवसरमा बिद्यार्थिहरु बिच शुभकामना कार्ड प्रतियोगिता गरिएको थियो ।जसमा कक्ष १ देखि ५ सम्म प्रथम सबिना पन्थ , द्धितिय अन्जना कंडेल , तृतिय कृति अर्याल भएका छन ।
कक्षा ६ देखि ८ सम्म प्रथम बिशाल कंडेल ,द्धितिय रोजी कंडेल र तृतिय ज्ञानुमाया झाक्रि भएका छन ।यस्तै कक्षा ९ देखि १२ सम्म प्रथम चन्दन भुषाल, द्धितिय बिलास थापा र तृतिय डिल्लीराज पन्थ र गणेश अर्याल भएका छन ।
यस्तै रेडक्रसको कार्यक्रममा प्रथम बिशाल कंडेल ,द्धितिय सिद्धार्थ कंडेल र तृतिय भावना कंडेल भएका छन ।कार्यक्रम शिक्षक रमेश पन्थको सन्चालनमा सम्पन्न भएको थियोे ।