गुल्मी
असोज २७ – कोजाग्रत पूर्णिमाको अवसरमा बिभिन्न स्थानमा सरायनाच तथा सांस्कृतिक कार्यक्रमहरु सम्पन्न भएका छन ।
गुल्मीका पहिलेदेखि नै सरायनाच हुने स्थलहरु चोयगा, उनाएचौर, अर्जे, अम्मरपुर, इस्मामैदान, धुर्कोट, मुसिकोट, ताल्तुङ्ग, धागिथुम, जोगिथुम, लगाएत झण्डै २ दर्जन स्थानहरुमा मेला लागेको थियो ।
चोयगामा भएको सांस्कृतिक कार्यक्रममा चर्चित गाएक बसन्त थापा लगायतका राष्ट्रिय तथा स्थानिय कलाकारले दर्शकहरुलाई मनोरन्जन प्रदान गरेका थिए । यस्तै छत्रकोट गाउपालीका वडा नम्बर ६ दौघाको जेहरीपोखरामा रहेको आलमदेबि मन्दिरमा सरायनाच सम्पन्न भएको छ ।
यस्तै अर्घाखाचीको पाणिनि गाउपालीका वडानम्बर ३ को मालीका मन्दिरमा पनि परम्परागत सराय नाच सम्पन्न भएको छ । यस्तै पाल्पाको रिब्दिकोट गाउपालीका वडा नम्बर १ ख्याहामा पनि सराय नाच सम्पन्न भएको छ ।
आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधना गरी आइतबार रातभर जाग्राम बसेर मनाएसँगै १५ दिन लामो दसैं सकिएको छ ।
माता दुर्गाका तीनवटा रुपमध्येका एक रुप महालक्ष्मीको पूजा गरेर दुर्गा पक्षलाई बिदा गरिन्छ। नवरात्र विजयादशमीकै दिन सकिने भए पनि दुर्गा पक्ष भने आश्विन शुक्ल पूर्णिमाका दिनमा समाप्त हुन्छ।
दशैं सकिएपछि आ आफ्नो क्षेत्रको पहिचानको रुपमा रहेको सरायँ नाच देखाउने गरिन्छ ।