चुरामणि तिमिल्सीना
माघ ११, गुल्मी – पौष २९ गते देखि रुरु क्षेत्र रिडिमा सन्चालीत दास्रो रुरु महोत्सवको आज समापन भएको छ ।
गुल्मी उधोग बाणिज्य संघ रिडि शाखा र रुरु फ्रेन्डस कलब रिडिको आयोजनामा सन्चालित दास्रो रुरु महोत्सवको समापन कार्यक्रममा प्रदेश नम्बर ५ का उधोग पर्यटन बन तथा बाताबरण मन्त्री लिला गिरि प्रमुख अतिथी रहनु भएको थियो । प्रदेश नम्बर ५ विशेषाधिकार समितिका अध्यक्ष कमलराज श्रेष्ठ, रुरु क्षेत्र गाउँ पालिका गुल्मिका अध्यक्ष निलकन्ठ गौतम, बाणिज्य शाखा बलेटक्सारका अध्यक्ष तोयनारायण ज्ञवाली , तानसेन नगरपालिका १४ का वार्ड सदस्य सीता ज्ञवाली विशिष्ट अतिथी रहनुभएको थियो । कार्यक्रम निर्देशक हिमाल श्रेष्ठले स्वागत मन्तव्य राख्नु भएको थियो ।
करिब ५ लाख पचास हजार दर्सकले कार्यक्रम अबलोकन गरेको आयोजकले दाबी गरेको छ । कार्यक्रमका प्रमुख अतिथी गिरिले यस महोत्सवको प्रदेशले गर्न सक्ने सबै सहयोग गर्ने बताउनु भयो । मेलामा नेपाल तथा भारतबाट सहभागीता रहेको बताइएको छ । समापन समारोहको सन्चालन सुशील श्रेष्ठ र चुरामनी तिमिल्सिनाले गर्नु भएको थियो । महोत्सवको पौष २९ गते परराष्ट्र मन्त्री प्रदिपकुमारी ज्ञवालीले उद्घाटन गर्नुभएको थियो । मेला माघ ९ गतेसम्म चल्ने भए पनि मौषम प्रतिकुलताका कारण २ दिन समय थप गरिएको थियो ।