राधा पोख्रेल
गुल्मी ,जेठ ७- गुल्मीको मालिका गाउपालीका वडा नम्बर ६ र ८ लाई पुर्ण रुपमा शिल गरिएको छ । मालिका ६ अर्जैइमा मंगलबारदेखि पुर्ण रुपमा सिल गरिएको छ । बिपत व्यवस्थापन समितिको बैठक बसेर वडालाई अर्को सुचना नआउन्जेलसम्मको लागि पुर्ण रुपमा सिल गरिएको वडाध्यक्ष शोभाखर गिरिले जानकारी दिनुभयो । उहाले अति आवश्यक काम बाहेक पैदल यात्रा समेत नगर्न आग्रह गर्नुभएको छ । यस्तै मालिका ८ को कोरोना समन्वय समितिको निर्णय अनुसार मंगलबारदेखि अर्को सुचना जारी नहुदासम्म वडा लाई शिल गरिएको हो । गुल्मीमा समेत कोरोना संक्रमित भेटिएपछि मालिका ८ ले उच्च सतर्कता अपनाउदै मंगलबारदेखि खाद्यान्न पसल , होटल व्यवसायलाई पुर्ण रुपमा बन्द गरेको छ । बिरामी बोकेको एम्बुलेन्स बाहेक अब मालिका ८ बाट आवतजावतमा रोक लगाइएको वडा सदस्य पिताम्बर पौडेलले जानकारी दिनुभयो ।