३ कात्तिक आँपचौर
राष्ट्रिय चिया तथा कफि विकाश वोर्ड केन्द्रीय कार्यालय काठमाडौवाट आउनुभएका कार्यकारी निर्देशक, सहनिर्देशक, कफि सरोकारवाला र स्थानिय तहका प्रमुखहरु बिच समन्वय बैठक गुल्मीको आँपचौरमा सम्पन्न भएको छ ।
बैठकमा कफिको विकाश , समस्या र भावि रणनितिका विषयमा छलफल भएको प्रमुख प्रशासकिय अधिकृत नवराज भण्डारीले जानकारी दिनुभयो ।
कार्यकारी निर्दैशक डा। बिष्णु भट्राई को अध्यक्षतामा भएको बैठकमा प्रदेश साँसद खड्क केसिको प्रमुख आथित्यता,जिल्ला समन्ववय समिति गुल्मीका लक्ष्मण पराजुली, मुसिकोट नगरपालीका नगरप्रमुख सोमनाथ सापकोटाको बिशिष्ट आथित्यता रहेको थियो ।
प्रमुख अतिथि प्रदेश साँसद खड्क केसि सहित सवैले आ आफ्नो अनुभव र कफि विकाशका लागि उपयुक्त विकल्प र निति निर्माणका लागि सुझाव दिनुभएको थियो ।
बैठकमा बोल्दै धुर्कोट गाउपालीका अध्यक्ष भुपाल पोख्रेलले विधमान नीति कानुन किसानमैत्रि नभएको तर भाषण र सभामा मात्र किसानमैत्रि कुरा भएकोले अन्तरविरोध रहेको बताउनुभएको थियो ।