पौष १६
चुरामणी तिमिल्सिना
गुल्मिको कालीगण्डकी गाउँपालिका दिहिङमा जन्मियका सुरज पाण्डे २०४५ सालतिर स्थायी बसोबासको लागि बुटवलमा झर्नु भएको हो । सानै उमेर देखि बुवाको सिको गर्दै समाजका हरेक कार्यक्रममा अग्रसरता देखाउदै समाज सेवा गर्दै यो उमेर यहाँ सम्म आयको पाण्डेको भनाइ छ ।पाण्डेले आफ्ना स्व. हजुर बुवा धनपती पान्डे र स्व फुपाजु अनन्त राम भण्डारीको सम्झना गर्दै तिलोतमा नगर पालिका वडा नं ४ मा निर्माण हुन लागेको १ ० बिघामा सुबिधा सम्पन्न अस्पताल लाई पौष १० गते अस्पतालको साधाराणा सभामा रु १ करोड सहयोग रकम पाण्डेले हस्तान्तरण गर्नु भएको हो । पाण्डे उधोगी ,औसधि ब्यवसायि १ दर्जन जति सामाजिक संघ सस्थाहरुमा निरन्तर आबद्ध हुँदै काम गर्दै आउनु भएको छ । खासगरी आफुले कमायको केही प्रतिशत रकम सामाजिक कार्यमा लगाउने सोचका साथ सहयोग गरेको बताउनु भयो । आजै पाण्डेले आफ्नो शुभ जन्मदिन्को पावन अबसरमा रुरु धार्मिक सेवा सन्चार प्रालीबाट सन्चालन भएको ऋषीकेश मन्दिर परिसरमा फ्री इन्टरनेट सुविधा का लागि १ बर्षको आबस्यक खर्च रु १८ हजार रुपैया सहयोग समेत प्रदान गर्नु भएको प्रालिका अध्यक्ष तथा पत्रकार चुरामणी तिमिल्सिनालाई जान्कारी दिनुभयो । यता अध्यक्ष तिमिल्सिनाले पाण्डेलाइ टेलीफोन सम्पर्क गरि जन्मदिनको शुभकामना दिदै फ्री ईन्टरनेट सुबिधा प्रदान गर्नु भएकोमा धन्यवाद प्रकट गर्नु भएको छ ।