२ माघ
गुल्मी ।
गुल्मीमा पनि २३ औं राष्ट्रिय भुकम्प सुरक्षा सुरक्षा दिवस मनाईएको छ । भुकम्प सुरक्षा दिवसको अवसर पारेर प्रभातफेरी सहित एक कार्यक्रमको आयोजना गरिएको थियो । प्रभातफेरी तम्घास बजारमा प्लेकार्ड सहित गरिएको थियो । “बहुप्रकोपिय विपद्मा भुकम्प सुरक्षा, साझा सहकार्यमा जनधनको रक्षा” भन्ने मुल नाराका साथ २३ औं राष्ट्रिय भुकम्प सुरक्षा दिवस मनाईएको हो ।
जिल्ला प्रशासन कार्यालय गुल्मीको अगुवाईमा जिल्लास्थित विभिन्न सरकारी कार्यालका प्रमुख, नेपाली सेना, शसस्त्र प्रहरी बल नं। ३७ गुल्म, नेपाल प्रहरीका प्रमुख सहित सुरक्षाकर्मीहरु, जिल्लास्थित विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरु, पत्रकार र स्थानीय नागरिकहरुको समेत सहभागिता रहेको थियो ।
राष्ट्रिय भुकम्प सुरक्षा दिवस जिल्ला मुल समारोह समितिको आयोजनामा भएको प्रभातफेरी कार्यक्रमसंगै सशस्त्र प्रहरी बल नं ३७ गुल्मबाट घुँडा टेकी गुडुल्की, ओतलागी समाऔं अभ्यास पनि गरिएको थियो । त्यस्तै डिभिजन वन कार्यालय गुल्मीबाट आगलागी सम्बन्धी उद्वारका सामाग्री सुरक्षा निकायलाई हस्तान्तरण गरिएको थियो । जिल्ला आयोजना कार्यान्वयन इकाई ९अनुदान व्यवस्थापन तथा स्थानीय पुर्वाधार० बाट पुननिर्माण सम्बन्धी हालसम्मको प्रगति विवरण प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षता रहेको थियो । रेसुङ्गा नगरपालिकाका प्रमुख डिल्लीराज भुसालको प्रमुख आतिथ्यता, जिल्ला समन्वय समिति उपप्रमुख तुल्साकुमारी श्रेष्ठ बिशेष आतिथ्यता रहेको कार्यक्रमको सञ्चालन जिल्ला समन्वय अधिकारी विजय कुमार कार्कीले गरेका थि