गलकोट, १० माघ
सुरेश छन्त्याल
जुटौं संसद विघटनको असंवैधानिक कदमका विरुद्धमा उठौं लोकन्त्रिक संविधान रक्षाका पक्षमा बर्तमान सरकारको असंबैधानिक संसद बिघटनको कदमका बिरुद्ध बडिगाड गाउँपालिका ३ सिसाखानीमा नेपाली काँग्रेस वडा कार्य समिति सिसाखानीको आयोजनामा लोकतन्त्र, बिधिको शासन र संबिधान रक्षाको लागि आयोजित बिरोध कार्यक्रम सम्पन्न भएको छ। बडिगाड गाउँपालिका ३ सिसाखानीमा नेपाली काँग्रेस वडा कार्य समिति सभापति दिलबहादुर पुनको सभापतित्यो प्रदेश सभाका संसद जित सेर्चनको प्रमुख आथितियता महिला संघ सिसाखानीका अध्यक्ष दिलमाया घर्तिको स्वागत मन्व्यबाट सुरु भएको कार्यक्रममा बोल्दै प्रदेश सभाका संसद जित शेर्चनले
किन विरोध सभा गर्न र सडकमा आउन बाध्यता बनायो केपी सरकारले नेपाली काँग्रेस लाई भोट मागेर चुनाव जितिदैना भन्दै जनतालाइ कम्युनिस्टले धेरै भ्रम छरेको दावी गर्दै केपि ओलीको दोष मात्र हैना प्रचण्डको पनि दोष रहेको र कार्यालय जान नसक्ने उखाने ओलीले कसरी देश चलाउन सक्छन् त्यो अब जनसमुदायले मुल्यांकन गर्नुपर्ने बताउनु भयो। त्यस्तै महाअधिवेशन प्रतिनिधि सागर छन्त्यालले नेपाली काँग्रेस सबैको पार्टी भएको भन्दै नेपाली काँग्रेस पार्टी देशको पहिलो पार्टी हो । त्यसैले अदालतले जे निर्णय गर्छ त्यहि निर्णय मान्ने बताउनु भएको र नेपाली काँग्रेस संगठन विभाग बागलुङका प्रमुख फम खत्रीले नेपाली काँग्रेस पार्टी जनताको पार्टी जनताको आवाज बोल्ने पार्टी त्यस्तै दुख सुखको पार्टी नेपाली काँग्रेस पार्टीमा प्रवेस गर्न आग्रह गर्नुभयो।
कार्यक्रममा पुर्व वडा सभापति यामेन्द्र घर्ती, महाअधिवेशन प्रतिनिधि सागर छन्त्याल, दरुण दल सिसाखानीका अध्यक्ष विष्णु बुझेल थापा, कृष्ण केसी, अर्जुन खरेल, नेपाली काग्रेस बागलुङ विभागका प्रमुख फम खत्री, धनबहादुर थापा, नरबहादुर पत्तेल लगाएतले मन्तव्य राख्नु भएको थियो।
उत्तर गंगादेखि मासगाउँ हुँदै ओखरबोट आएर कोण सभामा परिनत भएको थियो। कार्यक्रमको संचालन लोकेन्द्र काउचा र लाल श्रीसले गर्नु भएको थियो भने कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि नेपाली काँग्रेसमा दुइ दर्जन युवाहरु प्रवेश गरेको सहकर्मी सुरेश छन्त्यालले खबर पठाउनु भएको छ।