प्रेम सुनार
गुल्मी, माघ–३० । नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) दुई समुहमा विभाजित नहुनु पुर्व त्यस पार्टीको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल गुल्मीका जिल्ला ईन्चार्ज रहेका हिमाल थापा ओली समुह परित्याग गरि आज प्रचण्ड नेपाल समुहमा सक्रिय हुाने घोषणा गरेका छन ।
युवा नेता थापाले आफ्नो फेशबुक स्टाटस मार्फत आज देखि ओली समुह परित्याग गरि प्रचण्ड नेपाल समुहमा सक्रिय सहभागि हुने घोषणा गरेका हुन । गुल्मी कै छत्रकोट गाउँपालिका वडा नम्वर २ पल्लीकोट घर भएका नेता थापा २०६२÷०६३ को आन्दोलन ताका देखि हिजो सम्म अनवरत केपी ओली समुहका कट्टर कार्यकर्ता थिए ।
‘ हो म २०६२ ÷ ०६३ को जनआन्दोलनमा डिएसएम ( जिल्ला कमिटी सदस्य ) भए देखि अहिले सम्म केपी ओलीको कट्टर कार्यकर्ता नै थिएँ तर अहिले उहाको तानाशाही प्रबृद्धि देखे पछि ओली समुह परित्याग गरि प्रचण्ड नेपाल समुहमा फर्किएको हुँ ।
राष्ट्रिय युवा संघ नेपाल केन्द्र्रिय कमिटीका सचिवालय सदस्य समेत रहेका नेता थापाले भने–‘ साँच्ची भन्ने हो भने म जन्मे देखि नै पुर्व एमाले थिएँ , राष्ट्रियताका एकाधा मुद्धामा केपीका केहि कामको म समर्थन पनि गर्छु तर उहाँको ब्यवहार राजा र रैतिको पाएँ ।
नेता भएर उहाँ एकदमै अहंकारी , स्वच्छचारी र तानाशाही प्रबृद्धिको ठहराए पछि ओली समुहमा लाग्नु युवाहरुको भाग्य र भबिश्य अन्धकार हुने मेरो ठहर छ ’– थापाले भने ।
पार्टी विभाजन नहुनु अघि देखि नै राष्ट्रिय युवा संघ गुल्मीको सचिवालय केवल प्रदिपकुमार ज्ञवालीको पर्दा मात्रै भएको तर युवा मैत्री हुन नसकेको उनको आरोप छ । नेता ज्ञवाली पनि डाईनमिक लिडरशिप गर्न सक्नु भएन उनको आरोप छ–उहाँ पनि युवा मैत्री हुनुहुन्न । उनले आफु खासमा वामपन्थी आन्दोलनको रक्षार्थ प्रचण्ड र माधव नेपाल समुहको विकल्प नदेखेर उनीहरुको समहमा आफु पनि अग्रमोर्चामा रहेर कम्युनिष्ट आन्दोलनको रक्षार्थ प्रबेश गरेको बताए ।
प्रधानमन्त्री ओलीले संविधान विगठन गर्नु प्रतिगमन भएको र नेपाली जनताको भाग्य र भबिश्य संग खेलवाड गरिरहेको आरोप लगाए । ‘ झुझारु युवा नेता थापा लामो समय ओली समुहमा रहे पनि पछिल्ला चरण ओली प्रबृद्धि परित्या गरेर प्रचण्ड नेपाल समुहमा प्रबेश गरेकोमा सो नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) प्रदेश कमिटी सदस्य बुद्धि जिसीले स्वागत गरेका छन ।
ब्ततबअजmभलतक बचभब