बारा ,फागुन २४
बाराको निजगढ ९ बजारस्थित एक घरमा करिब २१ वर्षिय युवकको घाटी रेटी हत्या भएको छ ।
काले भन्ने रोहितको गएराती घरमै घाटी रेटी हत्या भएको ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक विकाश थपलियाले जानकारी दिए । घटनाबारे थप विवरण आउनै बाँकी रहेको प्रहरीले जनाएको छ । घरमै एक्लै रहेको अवस्थामा अज्ञात व्यक्तिले उनको हत्या गरेको स्थानीयले जनाएका छन् ।
उनले पेन्ट सम्बन्धि काम गर्दै आएका थिए । घटनास्थलमा ईप्रका निजगढको प्रहरी टोली परिचालन भएको छ भने जिल्ला प्रहरी कार्यालय बाराको टोली समेत आउदै गरेको प्रहरीले जनाएको छ।