चैत ३( गुल्मी जिल्ला धुर्कोट गाउपालिका वार्ड न ३ मा रहेको जनज्योति आधारभुत बिधालय खालखोला गुल्मी ले आफ्नो स्थापना को ३८ औ बार्सिक उत्सब तथा अभिभाबक दिबस आज भब्यताका साथ सम्पन्न गरेको छ।
कार्यक्रम गत महिनाको २९ गतेदेखि सन्चालन गरि चैत ३ गतेसम्म विविध खेलकुद तथा अन्तरसदानात्मक सस्कृती कार्यक्रमहरु सन्चालन भएका थिए।
खेलकुद तथा बिबिध कार्यक्रमहरुमा उत्कृष्ट भएका बिद्यार्थी हरुलाइ आज अथितिद्रारा सम्मान तथा पुरस्कार बितरण गरिएको थियो।।
कार्यक्रममा बिद्यार्थी हरु ले सस्कृती कार्यक्रम सहित नृत्य प्रस्तुत गरेका थिए ।
कार्यक्रम लाई सम्बोधन गर्दै प्रमुख अतिथी एबम धुर्कोट गाउपालिकाका उपप्रमुख शिव ब खत्री ले जनता आधारभुत बिधालय गाउ पालिका भित्र रहेका बिधालय हरु मध्ये धेरै बिद्यार्थी हरुको जनघनत्व भएको बिधालय हो। बिधालयलाइ गाउ पालिकाले गएका दिनहरुमा पनि सहयोग गरेको र आउदा दिनहरुमा बिधालयलाइ पुर्ण रुपमा जस्तो सुकै कदममा पनि सहयोग गर्ने तत्पर रहेको बताउनु भयो।
उक्त कार्यक्रम मा स्थानिय कलाकार कमल बस्नेत को समेत बेजोड प्रस्तुति रहेको थियो।धुर्कोट गाउपालिकाका उपमेयर शिव ब खत्री को प्रमुख आतिथ्यता, बिधालय ब्याबस्थापन समिति का अध्यक्ष धन ब थापा सुर्यको अध्यक्षता , धुर्कोट गा पा वार्ड न ३ का वडा अध्यक्ष बिस्णु थापा श्रीसको बिशिस्ट आथित्यता र बिधालयका प्रधानध्यापक डिल बहादुर जि सि को स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रम को सन्चालन शिक्षक मित्र बहादुर थापा क्षेत्री ले गर्नु भएको थियो ।