चैत्र १० , ।
चुरामणि तिमिल्सिना ।
गरीबी निवारणका लागि लघुउधम बिकास कार्यक्रम मेडपा अन्तर्गत सत्यवती सत्यवती गाउँपालिका, वडा ३ लुम्पेकमा आठ दिने कार्यक्रम सम्पन्न भएको छ । उँपालिकाको आयोजनामा संचालित ८ दिने उधमशिलता तालिम समापन सत्रका सभापति वडा न३ का वडा अध्यक्ष रुक बहादुर राना रहनु भयको थियो ।कार्यक्रममा पालिकाका अध्यक्ष पारिस्वर ढकाल प्रमुख अतिथि रहनु भएको थियो। कार्यक्रममा प्रमुख अतिथि ढकालले तालिम लियर मात्र नभइ व्यावहारमा उतार्न सकेमा तालिमको औचित्य पुराहुने बताउदैआबस्यक परेमा पालिकाले थप तालिम समेत प्रदान गर्ने बताउनु भयो। पालिकाकि उपाध्यक्ष सुबर्ण सेर्चन साही, प्रमुख प्रसासकिय अधिकृत झबिस्वर रेग्मी, वडाका जन्प्रतिनिधि विशिस्ट अतिथि रहनु भएको थियो। ८ दिन सम्म सन्चालन भएको तालिममा मेडपाका प्रशिक्षक भुपेन्द्र बोहराले सहजीकरण गर्नु भएको छ ।