बैशाख १५,गुल्मी
राधा पोख्रेल – गुल्मी जिल्लामा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा मुसिकोट नगरपालीकाको ४ जना,गुल्मीदरबार गाउपालीकाको २ जना र धुर्कोट गाउपालीकाको १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय गुल्मीका सिआइसिटि सहजकर्ता सुजन ढकालले जानकारी दिनुभयो । जिल्लामा संक्रिय संक्रमितहरु ८५ जना रहेका छन् । कोरोना संक्रमितको कुल संख्ङया १ हजार ६१ जना पुगेको छ । दोसा्रे लहरको कोरोना संक्रमणबाट जिल्लामा ४ जनाको मृत्यु भएको छ । यो सगै जिल्लामा मृत्यु हुनेको संख्या १७ पुगेको छ ।