राधा पोख्रेल /अर्घाखाँची
अर्घाखाँचीमा पछिल्लो २४ घण्टामा ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लामा ३८० जना संक्रिय संक्रमित रहेका छन । जिल्ला अस्पताल अर्घाखाचिमा मंगलबार ३ जनाको ज्यान गएको छ । कोरोना संक्रमणका कारण २ जनाको र अर्का एन्टीजेन नेगेटिभ देखिएका १ जनाको निधन भएको स्वास्थ्य कार्यालय अर्घाखाँचीका सुचना अधिकारी, कोभिड १९ फोकल पर्सन विजय विकले जानकारी दिनुभयो । मंगलबार निधन हुनेमा मालारानी गाउँपालिका वार्ड नम्बर ४ खनका नेपाल निजामती कर्मचारी यूनियन अर्घाखाँचीका उपाध्यक्ष तथा डिभिजन वन कार्यालय अर्घाखाँचीमा कार्यरत ४२ वर्षिय लक्ष्मण खनाल, सन्धिखर्क नगरपालिका वार्ड नम्बर ७ खाँचीकोटका ५३ वर्षिय दिनानाथ नेपाली र सन्धिखर्क नगरपालिका वार्ड नम्बर १ की २८ वर्षीया तुल्सि मुखिया रहेका छन् । लक्ष्मण खनाललाई वैशाख २१ गते पोजेटिभ रिपोर्ट आएकोमा वैशाख २१ देखि २५ सम्म घरमै आइसोलेसन बसी वैशाख २६ गते जिल्ला अस्पतालमा भर्ना भएका थिए । यस्तै खाँचीकोटका दिनानाथ नेपाली वैशाख २० गते जिल्ला अस्पताल भर्ना भएका थिए । उनको वैशाख २१ गते पोजेटिभ थियो । यस्तै सन्धिखर्कका तुल्सि मुखिया मंगलवार बिहान साढे पाँच बजे अस्पताल भर्ना भएकी थिईन् । उनको आज अपरान्ह ४ वजेतिर निधन हो । कोरोना संक्रमणका कारण गत वर्षदेखि आजसम्म ३४ जनाको ज्यान गएको छ ।