नेकपा एमाले रुरुक्षेत्र १ द्धारा अक्सिजन सहितको सामाग्री हस्तान्तरण

चुरामणि तिमिल्सिना
बैशाख ३०,रिडि- कोरोना महामारीको बेला गुल्मीको रुरुक्षेत्र गाउँपालिकाले संचालन गरेको आइसुलेसन सेन्टर र रुरु प्राथमिक स्वास्थ्य केन्द्र (रुरु हेल्थ सेन्टर )को लागि नेकपा एमाले रुरुक्षेत्र गाउँपालिका १ नम्बर वडा कमिटी,गाँउ कमीटि, जिल्ला कमीटि लगायत स्थानीय एमाले पार्टि शुभ– चिन्तकहरुले १४ थान अक्सिजन सिलिन्डर ठूलो र ४ थान सानो अक्सिजन सिलिन्डर साथै ६ थान अक्सिजन रेगुलेटर सहितको सामाग्री हस्तान्तरण गरेको छ ।
यस कार्यक्रममा यमनारायण भण्डारी, हिमाल श्रेष्ठ, नवराज कालीराज, हुमनाथ ज्ञवाली,तारा शुवेदी, शोभीत थापा, प्रेम भण्डारी, चीरञ्जीबी ज्ञवाली,शैलेन्द्र दर्लामी, रबी पन्थ, कृष्ण ज्ञवाली, बिक्रम कालीराज, दामोदर भण्डारी लगायतले आर्थीक सहयोग तथा विविध सहयोग गर्नु भएको थियो । देशमा नै अक्सिजन अभाव भइरहेका बेला आसपासमा अक्सिजनका सिलिण्डर संकलन गरि भर्न बुटवलमा पठाउने कार्यक्रम भैरहेको समाजसेवी यमनारायण भण्डारीले जानकारि दिनु भयो। यस आसपासमा अक्सिजनको अभावमा कसैको पनि ज्यान जान नपरोस् भनेर यो अभियान आफ्नो पाटिले नेतृत्व गरेको पालिकाका इन्चार्ज हिमाल श्रेष्ठले बताउनु भयो। अभियानलाई सफल पुर्याउन सहयोगी दाताहरुको नामवलि पनि प्रकाशन तथा प्रसारण गरिएको अर्का अभियानकर्ता प्रेम भण्डारीले जान्कारि दिनु भयो । यसै सिलसिलामा यो अभियानलाई दीर्घकालीन रुपमा कसरी अगाडी बडाउने भन्ने जिज्ञासा वडा न १ का पाटि अध्यक्ष नवराज कालिराजलाई जिज्ञासा राख्दा यस रुरुबासिहरुमा मात्र यो अभियान सिमित नराखि यहाँबाट अन्यत्र बसोबास गर्न गएका रुरु वासिमा सहयोगको हात फैलाउने र अक्सिजन अभाव हुन नदिने नेकपाले जनाएको छ ।

You might also like