गुल्मीको मुसिकोट नगरपालीकाद्धारा रासायनिक मलको मुल्य निर्धारण

राधा पोख्रेल,

तम्घास ,जेठ २६ – गुल्मीको मुसिकोट नगरपालीकाले रासायनिक मलको मुल्य निर्धारण गरेको छ ।
अनुदानको मल बितरण व्यवस्थापन निर्देशिका २०७७ को दफा १० बमोजिम यस नगरपालीकाको स्थानिय तह मल व्यवस्थापन समितिको यशि जेठ १९ गतेको बैठकको निर्णय बमोजिम रासायनिक मलको मुल्य निर्धारण गरिएको छ । जसअनुसार युरिया प्रतिकेजि रु २१, डिएपि प्रतिकेजि रु ५० र पोटास प्रतिकेजि रु ३८ बिक्रि मुल्य निर्धारण गरिएको छ । नगरपालीकाले एक सुचना निकालेर नगर भित्रका मल बितरक सहकारी एवम् सर्वसाधारणलाई बिक्रि मुल्य निर्धारण गरिएको जनाएको छ ।

You might also like