अर्घाखाचि,
जेठ २७- अर्घाखाँचीमा जिप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।
जिल्लाको भूमिकास्थान नगरपालिका- ९ तारिकेमा जीप दुर्घटना हुँदा एक चालकको ज्यान गएको हो ।भूमिकास्थानको ढिकुराबाट डेभातर्फ जाँदै गरेको लु १ च ६१६८ नम्बरको जीप तारिकेमा दुर्घटना भएको हो । दुर्घटनामा परि भूमिकास्थान-९ का जीप चालक अन्दाजी २९ वर्षीय रामबहादुर नेपालीको घटनास्थलमा नै ज्यान गएको जानकारी प्राप्त भएको छ ।जीप सडकबाट झण्डै ५० मिटर तल खसेको थियो । गाडीमा चालक नेपाली मात्रै रहेका स्थानीयले बताएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।