गुल्मीमा पछिल्लो २४ घण्टामा ३९ जनामा कारोना संक्रमण पुष्टि

राधा पोख्रेल
जेठ २८, तम्घास– गुल्मीमा पछिल्लो २४ घण्टामा ३९ जनामा कारोना संक्रमण पुष्टि भएको छ ।
पिसिआर परिक्षण गर्दा १६ जना र एन्टीजेन परिक्षण गर्दा २३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।मुसिकोट नगरपालीकामा १३ जना, मालीका गाउपालीकामा १० जना,इस्मा गाउपालीकामा ५ जना,रुरुक्षेत्र गाउपालीकामा ३ जना, छत्रकोट गाउपालीका,रेसुंगा नगरपालीका,धुर्कोट गाउपालीकामा २–२ जना र गुल्मीदरबार र सत्यवति गाउपालीकामा १ – १ जना गरि ३९ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो । पछिल्लो २४घण्टामा ४६ जना निको भएर डिस्चार्ज भएका छन । जिल्लामा संिक्रय संक्रमित ५९८ जना रहेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । पछिल्लो २४ घण्टामा जिल्लामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन । जिल्लामा दोस्रो लहर सुरु भएपछि कोरोना भाइरस संक्रमणका कारण ८८ जनाले ज्यान गुमाएका छन ।

You might also like